वि.सं. २०७७ सालमा दुई जना सदस्यहरूको संयुक्त साझेदारीमा स्थापना भएको लक्ष्मी कंक्रीट उद्योग बराहक्षेत्र क्षेत्रमा उच्च गुणस्तरीय कंक्रीटजन्य निर्माण सामग्री उत्पादन तथा बिक्री–वितरण गर्ने उद्देश्यले सञ्चालनमा आएको हो। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर नेपाल निर्माणमा योगदान पुर्याउने लक्ष्यसहित यस उद्योगको स्थापना गरिएको हो।
स्थापनाको छोटो अवधिमै उद्योगलाई व्यवस्थित, मजबुत र फराकिलो बनाउने उद्देश्यले जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. बराहक्षेत्र नगरपालिका–५, कालाबन्जार, सुनसरीमा दर्ता गरी व्यवसायिक साझेदारी विस्तार गरिएको छ।
यस कम्पनीअन्तर्गत उत्पादन कार्य लक्ष्मी कंक्रीट उद्योग, बराहक्षेत्र नगरपालिका–३, लक्ष्मीपुर, भरौल, सुनसरी बाट सञ्चालन हुँदै आएको छ भने यसको मुख्य कार्यालय बराहक्षेत्र नगरपालिका–५, कालाबन्जार (लक्ष्मीपुर), सुनसरी मा रहेको छ।
हामीले हालसम्म २,००० भन्दा बढी ग्राहकहरूको विश्वास प्राप्त गर्न सफल भएका छौं। आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै हामीसँग दैनिक करिब २,५०० थान कंक्रीट ब्लक उत्पादन गर्ने क्षमता रहेको छ। साथै, ग्राहकहरूको आवश्यकता अनुसार विभिन्न साइजका १० प्रकारका होम पाइप उत्पादन गर्दै आएका छौं।
हाम्रो उत्पादन तथा वितरण सेवा कोशी प्रदेशका सुनसरी, मोरङ, उदयपुर, भोजपुर, धनकुटा, सङ्खुवासभा, सप्तरी, सर्लाही लगायतका विभिन्न जिल्लाहरूमा विस्तार भएको छ।
हाम्रा मुख्य उत्पादनहरू
-कंक्रीट ब्लक (विभिन्न साइज तथा डिजाइनमा)
-होम पाइप (विभिन्न साइजमा)
-हलो ब्लक (विभिन्न साइजमा)
-कंक्रीट वेल रिङ
-कंक्रीट पोल
-कंक्रीट बेन्च
-कर्भ पिस्टन
-ड्रेनेज सामग्री
-ढलाइ गुट्का
-अन्य निर्माणजन्य कंक्रीट सामग्रीहरू
*घर तथा पूर्वाधार निर्माण कार्य
*आल्मुनियम तथा ग्रिल निर्माण कार्य
*बालुवा, गिट्टी तथा निर्माण सामग्री बिक्री–वितरण
*हार्डवेयर सामग्री आपूर्ति
आगामी दिनमा ग्राहकहरूको आवश्यकता र बजारको मागलाई मध्यनजर गर्दै थप नयाँ, आधुनिक तथा गुणस्तरीय निर्माण सामग्री उत्पादन एवं सेवा विस्तार गर्ने हाम्रो योजना रहेको छ।
हाम्रो प्रतिबद्धता
हामीले हाम्रा उत्पादनलाई गुणस्तरीय, भरपर्दो र किफायती निर्माण सामग्री को रूपमा स्थापित गर्दै आएका छौं। ग्राहकको समय र विश्वासलाई उच्च प्राथमिकता दिँदै अर्डरअनुसार छिटो, सहज र भरपर्दो डेलिभरी सेवा प्रदान गर्नु हाम्रो मुख्य प्रतिबद्धता हो।
“गुणस्तर हाम्रो पहिचान, ग्राहकको विश्वास हाम्रो शक्ति।”
जि. एस. लक्ष्मी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि.
लक्ष्मी कंक्रीट उद्योग
ठेगाना: बराहक्षेत्र नगरपालिका–३, लक्ष्मीपुर, भरौल, सुनसरी
मुख्य कार्यालय: बराहक्षेत्र नगरपालिका–५, कालाबन्जार (लक्ष्मीपुर), सुनसरी
सम्पर्क नम्बर:
9705061123, 942061123, 9827080455
web side : www.lcu.com.np
Gmail : laxmiconcrete2021@gmail.com
Whatsapp : 9842061123
facebook : https://www.facebook.com/share/1DXDcC6jyR/
Tik tok : https://vt.tiktok.com/ZSXasDUYh/
Youtube : https://youtube.com/@laxmiconcreteudhyog9883?si=p8_6UK5r8Gel-erK
हाम्रो अनुभवी व्यवस्थापन, दक्ष प्राविधिक तथा मेहनती कर्मचारीहरूको संयुक्त प्रयासबाट लक्ष्मी कंक्रीट उद्योग ले गुणस्तरीय उत्पादन, समयमै सेवा र ग्राहकको विश्वासलाई निरन्तर प्राथमिकता दिँदै आएको छ।
लक्ष्मी कंक्रीट उद्योग
“निर्माणको भरपर्दो साथी।”